राष्ट्रिय भलिबल : महिलातर्फ आर्मीकाे पहिलाे जित, पुरुषतर्फ हेल्प नेपाल क्वार्टरफाइनलमा

 चैत ६, २०८० मंगलबार १८:२३:१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – आठौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनशिपमा महिलातर्फ त्रिभुवन आर्मी क्लबले पहिलो जित हात पारेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कर्भडहलमा आज बिहान भएको महिलातर्फको पहिलो खेलमा आर्मीले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा हरायो । महिलातर्फको अर्काे खेलमा नेपाल पुलिस क्लबले एभरेस्ट क्लबलाई ३–२ को सेटले हरायो ।

पुरुषतर्फ आज भएकाे खेलमा ढोरपाटन क्लबलाई ३–० को सेटमा हराउँदै हेल्प नेपाल क्लब क्वार्टरफाइनलमा पुगेको छ । अर्को खेलमा एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई ३–२ को सेटमा हरायो । अहिले गण्डकी प्रदेश र न्युटन क्लबबीचको खेल चलिरहेको छ । यस्तै मणिमुकुन्द क्लब र त्रिभुवन आर्मी क्लबबीचको खेल केहीबेरमा शुरु हुँदैछ ।

यही चैत १० गतेसम्म हुने प्रतियोगितामा पुरुषतर्फ १३ र महिलातर्फ ७ वटा टोली छन् । प्रतियोगिताको विजेताले पाँच लाख, उपविजेताले दुई लाख र तेस्रो हुने टोलीले एक लाख २५ हजार रुपैयाँ पाउनेछ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया