सन्धिखर्क नगरपालिकामा ७५ जना बुहारी सम्मानित

 चैत ६, २०८० मंगलबार १८:३७:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

अर्घाखाँची – सन्धिखर्क नगरपालिकाले नगरभित्रका ७५ जना बुहारीलाई सम्मान गरेको छ । नगरपालिकाले नगरमा बोलाएर सम्मान गरेपछि सासूससुराको स्याहारसुसार गर्ने बुहारी पनि खुशी भएका छन् ।

नगरपालिकाका १२ वटै वडाभित्रका ९० वर्षमाथिका वृद्धवृद्धा पाल्ने ७५ जना बुहारीलाई सम्मान गरेको प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताउनुभयो ।

वृद्धवृद्धाको स्याहारसुसार गर्ने परिपाटी हराउन थालेपपछि सासूससुराको स्याहारसुसार गर्न प्रोत्साहन सम्मान गरेको नगरपालिकाले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया