गोरखाको तान्द्राङ खोलामा बेलिब्रिज निर्माण

 चैत १०, २०८० शनिबार १२:९:८ | रासस
unn.prixa.net

रासस

गोरखा – बेनिघाट–आरुघाट सडकखण्ड अन्तर्गत तान्द्राङ खोलामा बेलिब्रिज निर्माण भएको छ । भीमसेन थापा गाउँपालिका–८ घाटबेँसी र वडा नम्बर ४ धावाको बालिमटार जोड्ने तान्द्राङ खोलामा २४ दशमलव चार मिटर लम्बाइको बेलिबिज्र निर्माण गरिएको गोरखा सडक योजना कार्यालयका इन्जिनियर गोविन्द श्रेष्ठले जानकारी दिनुभयो ।

बेलिब्रिज निर्माणका लागि ठेक्का सम्झौता भएको चार महिनाभित्रै निर्माणको काम सम्पन्न भएको उहाँको भनाइ छ । पुल निर्माणका लागि कार्यालयले जलप होम जेभीसँग गएको मङ्सिर १५ गते एक वर्षभित्र काम सम्पन्न गर्नुपर्ने गरी ठेक्का सम्झौता गरेको थियो ।

पुल निर्माणको लागत तीन करोड ८९ लाख ८३ हजार रुपैयाँ रहेको छ । पुलको वारिपारि दुवैतर्फ ५०/५० मिटरको पहुँच मार्ग निर्माण भएको इन्जिनियर श्रेष्ठले बताउनुभयो । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको १२ सय मेगावाट क्षमताको जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्रमा पर्ने भएकाले त्यहाँ पक्की पुल निर्माणका लागि डीपीआर तयार गरिएको भए पनि पछि त्यसलाई परिवर्तन गरेर बेलिब्रिज निर्माण गरिएको हो ।

पुल निर्माण भएसँगै बेनिघाटदेखि आरुघाटसम्म दैनिकरुपमा चल्ने गाडीको आवागमनमा सहज भएको भीमसेन थापा गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष विष्णुकुमार श्रेष्ठले बताउनुभयो । पुल निर्माणले भीमसेन थापा गाउँपालिका, आरुघाट गाउँपालिका, धार्चे गाउँपालिका, चुमनुब्री गाउँपालिकालगायतका क्षेत्रका नागरिकलाई सहज हुनेछ ।   

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया