दुर्गा प्रसाईंको बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश

 चैत १२, २०८० सोमबार १७:५२:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – सर्वोच्च अदालतले झापाको बीएन्डसी अस्पताललाई मेडिकल कलेज सञ्चालनको अनुमति दिन सरकारलाई आदेश दिएको छ । न्यायाधीशहरु शारङ्गा सुबेदी र कुमार चुडालको संयुक्त इजलासले मेडिकल कलेज चलाउने अनुमति दिन आदेश दिएको हो ।

अस्पतालका सञ्चालक दुर्गा प्रसाईँले बीएन्डसी मेडिकल कलेज सञ्चालनका लागि पूर्वाधार बनाउन अनुमति पाएर भौतिक संरचना तयार गरे पनि सरकारले अनुमति नदिएको भन्दै २०७७ सालमा रिट दर्ता गर्नुभएको थियो । मेडिकल व्यवसाय हुँदै राजनीतिक सम्बन्ध बनाएका दुर्गा प्रसाईँले खोलेको मेडिकल कलेजको सम्बन्धनलाई लिएर लामो समयदेखि विवाद भएको थियो । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया