पानी परेर पूर्वको डढेलो निभ्यो, पश्चिममा निभाउन कठिन

 चैत १२, २०८० सोमबार १८:२८:२० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – केही दिनदेखि भएको वर्षाले डढेलो नियन्त्रण गर्न सहयोग गरेको छ । वर्षा शुरु हुनुअघि एकैदिन देशभरका साढे आठ सयभन्दा धेरै ठाउँमा डढेलो देखिएकोमा आज जाजरकोटको एक र कालिकोटका एक ठाउँको वनमा मात्रै सक्रिय डढेलो देखिएको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका वन डढेलोविद् सुन्दर शर्माले जानकारी दिनुभयो ।

तुलानात्मक रुपमा पश्चिममा कम पानी परेकोले डढेलो निभाउन कठिन भएको छ । पूर्वमा भने सबैजसो डढेलो निभेको उहाँले बताउनुभयो । वैशाख अन्त्यसम्म नै डढेलोको जोखिम बढी हुने भएकोले सचेत हुनुपर्ने उहाँले बताउनुभयो ।

उहाँले वन डढेलो नियन्त्रणका लागि केन्द्र, प्रदेश, पालिका, सुरक्षा निकाय, सामुदायिक वन उपभोक्ता समूहहरुबीचको समन्वय र सहकार्य जरुरी रहेको बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया