कर्णाली पुलबाट हाम फाल्दा बेपत्ता शाहीको बिहानैदेखि खोजी

 चैत १३, २०८० मंगलबार ८:४:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कर्णाली पुलबाट हाम फाल्दा बेपत्ता भएका कैलालीको लम्कीचुहा नगरपालिका–३ चिसापानीका लोकेन्द्रबहादुर शाहीको आज बिहानैदेखि खोजी शुरु भएको छ ।

होली खेलेर आएका १७ जना युवाले हिजो कैलालीको चिसापानी कर्णाली पुलबाट एकपछि अर्को गर्दै हाम फालेका थिए । तीमध्ये ३० वर्षका शाही बेपत्ता भएका छन् ।

हिजो बेलुका अबेरसम्म खोजी गरिएको तर नभेटिएपछि रोकिएको खोजी कार्य आज बिहानैदेखि शुरु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । कैलाली प्रहरी प्रमुख एसपी पदम विष्टका अनुसार खोजीका लागि हिजो डुङ्गा र गोताखोर प्रयोग गरिएको थियो ।

युवाहरूले सामुहिक रुपमा हाम फालेको सामाजिक सञ्जालमा आएको भिडियोमा देखिन्छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया