पानीजहाजको ठक्करबाट बाल्टिमोरको पुल नदीमा खस्यो, मानवीय क्षतिको शंका

 चैत १३, २०८० मंगलबार १५:८:३९ | एजेन्सी
unn.prixa.net

एजेन्सी

अमेरिकाकाे बाल्टिमोरमा पानीजहाजले ठक्कर दिएपछि एउटा पुल नदीमा खसेको छ । जहाजको ठक्करबाट साढे दुई किलोमिटर लामो फ्रान्सिस स्कट पुलको आधा भाग नदीमा खसेको समाचार संस्था रोयटर्सले जनाएको छ । पुलसँगै केही गाडी पनि नदीमा खसेकाले केही व्यक्ति हराएको हुन सक्ने प्रहरीले जनाएको छ ।

सामाजिक सञ्जालमा पोष्ट गरिएका भिडियोमा एउटा जहाजले ठक्कर दिएपछि पुलको ठूलो भाग एक्कासी नदीमा खसेको देखिन्छ । बाल्टिमोर शहरको अग्नि विभागले यो दुर्घटनालाई ठूलो हताहतको घटनाको रूपमा बर्णन गरेको छ ।

समाचार संस्था एपीले थुप्रै गाडी नदीमा खसेकाले मानवीय क्षति हुन सक्ने उल्लेख गरेको छ । अहिले अमेरिकी तटरक्षक र मेरिल्याण्ड राज्यका बहु–एजेन्सीले उद्धार अभियान चलाइरहेका छन् । सिँगापुरको झण्डा अंकित यो जहाज श्रीलंकाको कोलम्बो जाँदै गरेको खबरमा उल्लेख छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया