आइएमई पेमार्फत विदेशबाट पठाएको रेमिट्यान्स प्राप्त गर्दा पाँचसय रुपैयाँसम्म बोनस

 चैत १४, २०८० बुधबार ९:२:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आइएमई पेले मनिग्राम मार्फत विदेशबाट पठाएको रेमिटेन्स प्राप्त गर्दा पाँचसय रुपैयाँसम्म बोनस प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ । फागुन १० गतेदेखि  शुरु भएको अफर  दुई महिन सम्म रहने कम्पनीले जनाएको छ । 

विदेशमा रहेका सेवाग्राहीहरूले  मनिग्राममार्फत पठाएको रकम आइएमई पेमार्फत प्राप्त गर्दा पाँचसय रुपैयाँ बोनससम्म यो अफर पाउन सक्ने छ्न् । 

मनि ग्रामबाहेक अन्य रेमिटेन्स सेवाहरू अल अन्सारी, इजी रेमिट, इन्स्ट्यान्ट क्यास मार्फत  पठाइएको रकम  आइएमई पेमार्फत प्राप्त गर्दा  पनि एकसय रुपैयाँ बोनस  प्राप्त गर्न सकिने छ ।

आइएमई पेमार्फत  संसारका कुनै पनि देशबाट पठाएको पैसा प्रयोगकर्ताहरूले सजिलै प्राप्त गर्न सक्छन् । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया