अमेरिकाको बाल्टिमोरमा भएको पानीजहाज दुर्घटनामा ६ जनाको ज्यान गएको आशंका

 चैत १४, २०८० बुधबार ९:५०:५१ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अमेरिकाको बाल्टिमोरमा पानीजहाजले ठक्कर दिएपछि एउटा पुल नदीमा खस्दा ६ जनाको ज्यान गएको अनुमान गरिएको छ । हिजो जहाजको ठक्करबाट साढे दुई किलोमिटर लामो फ्रान्सिस स्कट पुलको आधा भाग नदीमा खसेको थियो । दुर्घटनापछि अमेरिकी तटरक्षक र मेरिल्याण्ड राज्यका बहु–एजेन्सीले खोज तथा उद्धार अभियान चलाइरहेका थिए ।

अब उनीहरुले खोजी कार्यलाई स्थगित गरेर उद्धारको काममा बढी जोड दिने बताएका बीबीसीले जनाएको छ । दुर्घटनामा केही व्यक्ति अझै हराएको हुन सक्ने प्रहरीको अनुमान छ । नदीमा डुबेकाहरु कोही पनि जीवित हुने सम्भावना नरहेको उद्दारकर्मीले बताएका छन् ।

लामो समयसमम पानीका डुबेको अवस्था र पानीको तापक्रमका कारण उनीहरुको जीवितै उद्दार गर्ने सम्भावना नरहेको उनीहरुको भनाई छ । पानीमा रहेका भग्नावशेषका कारण उद्धारको काममा कठिनाई भईरहेको प्रहरीले बताएका छन् ।

सिँगापुरको झण्डा अङ्कित यो पानीजहाज श्रीलङ्काको कोलम्बो जाँदै गरेको खबरमा उल्लेख छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया