दार्चुलामा चार वर्षपछि चीनतर्फको तिङ्कर नाका जानका लागि पासको...
बैशाख १४, २०८१ शुक्रबार
रुपन्देही – सडक बनाउने रोलरले किचेर रुपन्देहीमा एकजना प्राविधिकको ज्यान गएको छ ।
व्यापारिक मार्ग विस्तार आयोजना बेलहिया बुटवलको निर्माण कार्यमा संलग्न सुपरभाइजर पाल्पाका प्रविण पाण्डेको ज्यान गएको हो ।
पाण्डेको मणिग्राम नजिकै बिहीबार साँझ सडक बनाउने रोलरले किचेर ज्यान गएको सडक विस्तार आयोजनाका इन्जिनियर महेश्वर लम्सालले जानकारी दिनुभयो ।
बेलबास बेथरी सडक आयोजनाको निर्माण कम्पनीमा कार्यरत पाण्डे २ महिना अघि मात्रै व्यापारीक मार्ग विस्तार आयोजना बेलहिया बुटवलमा आएका थिए ।