दार्चुलामा चार वर्षपछि चीनतर्फको तिङ्कर नाका जानका लागि पासको व्यवस्था

 बैशाख १४, २०८१ शुक्रबार १२:२५:२५ | ललित सामन्त
unn.prixa.net

दार्चुला – बन्द भएको चार वर्षपछि चीनसँग जोडिएको तिङ्कर नाका जान दार्चुलाको व्याँसवासीले जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट पास पाउन थालेका छन् । कोरोना भाइरसको प्रकोपसँगै सन् २०२० देखि दार्चुलासँग सीमा जोडिएको तिङ्कर नाका बन्द भएपछि यो वर्षमात्रै जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट पास जारी हुन थालेको हाे ।

हिजोदेखि तिङ्कर नाका जानका लागि पास जारी गर्न थालेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिनुभयो । व्याँसका स्थानीयले प्रशासनबाट बिदाको दिनबाहेक कार्यालय खुलेको दिन तिङ्कर नाका जानका लागि आवश्यक कागजपत्र पेस गरेमा पास जारी हुने प्रशासनले जनाएको छ ।

पास लिएर चीनसँग नाका जोडिएको ताक्लाकोटमा जान पाउने प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताउनुभयो । चीनसँग हुँदै आएको परम्परागत व्यापार रोकिएको भन्दै दार्चुलाका स्थानीय व्यवसायीले नाका खोल्न माग गर्दै आएका थिए । त्यहाँका नागरिकको जीविकोपार्जनसँग जोडिएको मुख्य नाका बन्द हुँदा समस्या भएकामा अब सहज हुने स्थानीयले बताएका छन् ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

ललित सामन्त

सामन्त दार्चुलाका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया