आयरल्यान्ड 'ए' ले दियाे नेपालकाे 'ए' टाेलीलाई १ सय ७५ रनकाे लक्ष्य

 चैत २३, २०८० शुक्रबार १२:३०:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खलाको दाेस्राे खेलमा आयरल्यान्ड 'ए' ले नेपालको ‘ए’ टोलीलाई १ सय ७५ रनकाे लक्ष्य दिएकाे छ ।

कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेकाे आयरल्यान्ड ‘ए’ ३८ ओभर ४ बलमा १ सय ७४ रन बनाउँदा अल आउट भयाे । आयरल्यान्ड 'ए' का गभिन हाेएले ५०, कप्तान निल रकले ४५, लायम म्याककार्थीले ३५ रन बनाए । बलिङतर्फ नेपाल 'ए' का रिजन ढकाल र शाहब आलमले समान ३ विकेट लिए । यस्तै माैसम ढकालले २ र कमलसिंह ऐरीले १ विकेट लिए ।

एकदिवसीय शृङ्खलाकाे पहिलाे खेलमा नेपाल 'ए' २१ रनले पराजित भएकाे थियाे । नेपाल 'ए' र आयरल्यान्ड 'ए' बीचकाे अन्तिम खेल आइतवार हुनेछ । यसअघि नेपाल 'ए' टोलीसँगको तीन खेलकाे टी–२० क्रिकेट शृङ्खला आयरल्यान्ड 'ए' ले २–१ ले जितेको थियो ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया