बराेडासँगकाे खेलमा नेपालले टस हार्‍याे, दीपेन्द्रले कप्तानी गर्दै

 चैत २३, २०८० शुक्रबार १२:४४:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भारतमा चलिरहेकाे एसएमएस फ्रेन्डशिप कप टी–२० क्रिकेट शृङ्खलाअन्तर्गत बराेडासँग खेलमा नेपालले टस हारेकाे छ । गुजरातकाे वापीमा टस जितेर बराेडाका कप्तानले ब्याटिङ राेजेपछि नेपालले अहिले बलिङ गरिरहेकाे छ ।

नेपालकाे टाेलीमा आज ४ जना परिवर्तन भएका छन् । आज नेपालकाे कप्तानी दीपेन्द्रिसंह ऐरीले गर्दैछन् । आज दीपेन्द्रसँगै ललित राजवंशी, करण केसी र आकाश चन्द टोलीमा परेका छन् । आज नियमित कप्तान रोहित पौडेल, सोमपाल कामी, अविनाश बोहरा र आसिफ शेखले विश्राम पाएका छन् ।

यसअघि नेपाल लगातार तेस्रो जित हात पार्दै एक खेलअघि नै फाइनलमा पुगिसकेको छ । अस्ति बुधवार भएको खेलमा नेपालले गुजरातलाई ८ रनले हराएको थियो । यस्तै गुजरात पनि फाइनलमा पुगिसकेकाे छ ।

त्यसअघिका खेलमा नेपालले बरोडालाई २७ रनले र गुजरातलाई ८ विकेटले हराएको थियो । टी–२० क्रिकेट शृङ्खलाको फाइनल खेल पर्सि आइतवार  हुनेछ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया