नेपालकाे 'ए' टाेली ६० रनमै अल आउट, आयरल्यान्ड 'ए' ले एक खेलअघि नै शृङ्खला जित्याे

 चैत २३, २०८० शुक्रबार १४:२३:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आयरल्यान्ड 'ए' टाेलीसँगकाे दाेस्राे एकदिवसीय क्रिकेटमा नेपालकाे 'ए' टाेलीले लज्जास्पद हार बेहाेरेकाे छ । नेपाल 'ए' १ सय १४ रनले पराजित भयाे ।

आयरल्यान्ड 'ए' ले दिएकाे १ सय ७५ रनकाे लक्ष्य पछ्याएकाे नेपाल 'ए' १६ ‌ओभर ५ बलमा ६० रनमै अल आउट भयाे । नेपालका भीम सार्कीले सबैभन्दा धेरै १७ रन बनाए । यस्तै कप्तान विनाेद भण्डारीले १६ रन बनाए । अन्य ब्याटरले सम्झनलायक प्रदर्शन गरेनन् । बलिङतर्फ आयरल्यान्ड 'ए' का म्याथ्यु हमफ्रेसले ६ विकेट लिए ।

यसअघि कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेकाे आयरल्यान्ड ‘ए’ ३८ ओभर ४ बलमा १ सय ७४ रन बनाउँदा अल आउट भयाे । आयरल्यान्ड 'ए' का गभिन हाेएले ५०, कप्तान निल रकले ४५, लायम म्याककार्थीले ३५ रन बनाए । बलिङतर्फ नेपाल 'ए' का रिजन ढकाल र शाहब आलमले समान ३ विकेट लिए । यस्तै माैसम ढकालले २ र कमलसिंह ऐरीले १ विकेट लिए ।

याेसँगै आयरल्यान्ड 'ए' ले तीन खेलकाे शृङ्खला एक खेलअघि नै जितेकाे छ । पहिलाे खेलमा नेपाल 'ए' २१ रनले पराजित भएकाे थियाे । शृङ्खलाकाे अन्तिम खेल पर्सि आइतवार हुनेछ ।

यसअघि नेपाल 'ए' टोलीसँगको तीन खेलकाे टी–२० क्रिकेट शृङ्खला आयरल्यान्ड 'ए' ले २–१ ले जितेको थियो ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया