नयाँ वर्षमा सामसङकाे अफर : आकर्षक छुट, एक्सचेन्ज सुविधा र सहज इन्स्टा फाइनान्स

 चैत २३, २०८० शुक्रबार १८:२८:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सामसङले नयाँ वर्ष २०८१ को अवसरमा ‘स्वागत नयाँ वर्षलाई, बाढौँ खुशी सधैँलाई’ भन्ने अफर ल्याएको छ । अफरअन्तर्गत ग्राहकले टीभी खरिद गर्दा ३८ प्रतिशतसम्मको तथा फ्रिज र वाशिङ मेशिनको खरिदमा ३० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने सामसङले जनाएको छ ।

कम्पनीका अनुसार ग्राहकले शून्य प्रतिशत ब्याजको मासिक किस्ताबन्दीमा हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडमार्फत उपलब्ध गराइएको इन्स्टा फाइनान्स सेवाबाट सहजरूपमा सामसङ टीभी, फ्रिज र वाशिङ मेशिनको खरिद गर्न सक्ने छन् । यो विशेष छुट अफर आउँदो जेठ २ गतेसम्म लागू हुनेछ ।

सामसङले नयाँ वर्षको अफरमा ग्राहकलाई टीभीको नयाँ रेन्जमध्ये कुनै पनि एफएचडी, क्रिस्टल यूएचडी, फ्रेम र क्यूएलईडी लगायतका टीभी खरिद गर्दा ३८ प्रतिशतसम्मको छुट दिएको छ । आफ्नो नागरिकता पेस गरी ग्राहकले ५५ इन्च वा त्योभन्दा ठूलो टीभी खरिद गर्दा इन्स्टान्ट लोन पाउन सक्ने र इन्स्टा फाइनान्स सेवामार्फत ईएमआई १८ महिनाको अवधिमा तिर्ने विकल्प पाउने तथा ४३ इन्च वा त्योभन्दा सानो टीभी खरिद गर्दा ईएमआई तिर्न १२ महिनाको अवधि पाउने सामसङले जनाएको छ ।

यसका साथै कुनै पनि सामसङ टीभीको खरिदसँगै ग्राहकले साउन्डबार खरिद गर्दा त्यसमा आकर्षक छुट पाउन सक्ने छन् । अझ छानिएका सामसङको ७५ इन्चभन्दा ठूलो क्रिस्टल यूएचडी टीभी खरिद गर्दा ग्राहकले साउन्डबार सित्तैमा पाउने तथा एयू ७७०० मोडलका ५५ इन्च र ६५ इन्च यूएचडी टीभीको खरिद गर्दा ग्यालेक्सी ए.१५ (८÷१२८) मोबाइल फोनमा ५ हजार रुपैयाँ छुट पाउन सक्ने कम्पनीले जनाएको छ ।

यस्तै अफरअन्तर्गत नयाँ वर्षको अवसरमा फ्रिज र वाशिङ मेशिनको खरिदमा ३० प्रतिशतसम्मको छुट प्रदान गरेको छ  । नयाँ वाशिङ मेशिन वा फ्रिज अपग्रेड गर्ने वा घरमा ल्याउने योजनामा रहेका ग्राहकका लागि सामसङले एआई इकोबबल फ्रन्ट लोड वा टप लोड वाशिङ मेशिनका अद्भुत रेन्ज र साइड–बाई–साइड, कन्भर्टेबल ५–इन–१ लगायतका अद्भुत रेन्जका फ्रिजहरूमा क्यासब्याक पाउने र एक्सचेन्जको सुविधा उपलब्ध गराएको छ ।

सामसङको कुनै पनि विशेष टीभी र घरेलु उपकरणहरूमा अपग्रेड गर्दा एक्सचेन्जमा ग्राहकले उत्कृष्ट मूल्याङ्कन प्राप्त गर्न सक्ने छन् । ग्राहकले यो अफर एक्सचेन्ज पार्टनर अर्कोस्टोर डट कम मार्फत अनलाइनमा लिन सक्ने सामसङले जनाएको छ । यसका साथै ग्राहकहरूले अर्कोस्टोर डट कम मार्फत ५५ इन्च र ६५ इन्च एयू ७७०० क्रिस्टल टीभी अनलाइन एक्सचेन्ज गर्दा ५ हजार ५०० रुपैयाँसम्मको टप–अप प्राप्त गर्ने विशेष योजना पनि अफरमा छ । हिम इलेक्ट्रोनिक्स र त्रिवेणी व्यापारको डिलर नेटवर्कअन्तर्गत नेपालभरि यो अफर लागू हुने कम्पनीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया