नेपाल बराेडासँग ३७ रनले पराजित

 चैत २३, २०८० शुक्रबार १६:५८:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भारतमा चलिरहेको एसएमएस फ्रेन्डशिप कप टी–२० क्रिकेट शृङ्खलामा लिगको अन्तिम खेलमा नेपाल बरोडासँग ३७ रनले पराजित भएको छ ।

बरोडाले दिएको १ सय ५७ रनको लक्ष्य पछ्याएको नेपाल १८ ओभर ४ बलमा १ सय १९ रनमा अल आउट भयो । नेपालका सन्दीप जाेराले सबैभन्दा धेरै ५६ रन बनाए । यस्तै विवेक यादवले १७ र कुशल भुर्तेलले १६ रन जाेडे । बलिङतर्फ बराेडका ध्रुव पटेलले ४ र लक्षित ताेक्सियाले ३ विकेट लिए ।

यसअघि गुजरातको वापीमा टस जितेर ब्याटिङ गरेको बरोडाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५६ रन बनायो । बरोडाका शाश्वत रावतले ३१, ध्रुव पटेलले २९ रन बनाए । बलिङतर्फ नेपालका गुल्सन झा र करण केसीले समान २ विकेट लिए ।

नेपाल यसअघि नै लगातार तेस्रो जितसहित फाइनलमा पुगिसकेकाे छ । अस्ति बुधवार भएको खेलमा नेपालले गुजरातलाई ८ रनले हराएको थियो ।  त्यसअघिका खेलमा नेपालले बरोडालाई २७ रनले र गुजरातलाई ८ विकेटले हराएको थियो ।

अब नेपालले फाइनलमा गुजरातसँग खेल्नेछ । टी–२० क्रिकेट शृङ्खलाको फाइनल खेल पर्सि आइतवार  हुनेछ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया