सुनसरीका पाँच वटा पालिकामा कर्फ्यु

 चैत २३, २०८० शुक्रबार १७:४८:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – जिल्ला प्रशासन कार्यालय सुनसरीले पाँच वटा पालिकामा कर्फ्यु आदेश जारी गरेकाे छ ।

यसअघि अर्को सूचना जारी नभएसम्मका लागि हरिनगर गाउँपालिका र देवानगञ्ज गाउँपालिकामा निषेधाज्ञा लागू भएकोमा प्रशासन कार्यालयले इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका र कोशी गाउँपालिकामा पनि कर्फ्यु आदेश जारी गरेकाे हाे ।

हिजो एसईई परीक्षाका क्रममा हरिनगर गाउँपालिका–१ मा रहेको बालकृष्ण माविमा भएको कुटपिटपछि दुई समूहबीच झडप भएको थियो । निषेधाज्ञापछि पनि आज दिउँसो फेरि झडप भएको हो । हिजो स्थानीय जीवन मेहतामाथि कुटपिट भएको र घाइते मेहताको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

कर्फ्यु जारी भएका क्षेत्रमा भेला, प्रदर्शन, सभा–सम्मेलन, धार्मिक कार्य गर्न स्थानीय प्रशासनले रोक लगाएको छ । आदेशको अटेर गरेमा स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारबाही हुने विज्ञप्तिमा उल्लेख छ ।

यसैबीच सुनसरीको हरिनगर क्षेत्र तनावग्रस्त बनेपछि प्रहरीले अश्रुग्यास र हवाई फायर गरेको छ । हरिनगर गाउँपालिकामा दुई समूहबीच झडप भएपछि अश्रुग्यास र ५० राउन्ड बढी हवाई फायर गरेको सुनसरी प्रहरीले जानकारी दिएको छ ।

सुनसरीका कायममुकायम प्रमुख जिल्ला अधिकारी वेदराज फुयलले अवस्था नियन्त्रणमा लिन प्रयास भइरहेको बताउनुभयो । प्रत्यक्षदर्शीले केही व्यक्ति घाइते भएका बताए पनि यसबारेमा सुनसरी प्रहरीले थप जानकारी सार्वजनिक गरेको छैन । दुई समूहलाई शान्त रहन र संयमता अपनाउन प्रशासनले आग्रह गरेको छ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया