'क्वार्ज क्रिस्टल' गाेरखा दरबारमा प्रतिस्थापन

 चैत २३, २०८० शुक्रबार १८:४:२७ | रासस
unn.prixa.net

गाेरखा – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बहुमूल्य धातु क्वार्ज क्रिस्टल गाेरखा दरबारमा प्रतिस्थापन गर्नुभएकाे छ । गोरखा नगरपालिकाले आज गोरखा दरबार परिसरमा आयोजना गरेको कार्यक्रममा उहाँले क्वार्ज क्रिस्टल प्रतिस्थापन गर्नुभएकाे हाे ।

कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले ऐतिहासिक र पुरातात्त्विक महत्त्व बोकेको जिल्लामा बहुमूल्य धातु क्वार्ज क्रिस्टलकाे प्रतिस्थापन हुनुले यहाँको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । क्वार्ज क्रिस्टलले गोरखाको पर्यटन प्रवर्द्धनमा नयाँ इँटा थपिएकाे उहाँकाे भनाइ छ ।

प्रधानमन्त्रीले क्वार्ज क्रिस्टलकाे सुरक्षा व्यवस्था गम्भीरतापूर्वक मिलाउन र ऐतिहासिक स्थललाई थप व्यवस्थित बनाउन सम्बन्धित सबैलाई निर्देशन दिनुभयो । तत्कालीन राजा पृथ्वीनारायण शाहको गद्दी कक्षमा क्वार्ज क्रिस्टल प्रतिस्थापन गर्नुअघि दरबार परिसरमा शिला पूजासमेत गरिएको थियो ।

गएकाे असार १४ गते गोरखा नगरपालिका–७ सतिपिपलबाट टल्कने ढुङ्गा अर्थात् क्वार्ज क्रिस्टल प्रहरीले बरामद गरेको छ । बरामद भएकाे क्वार्ज क्रिस्टल कहाँ राख्ने भन्ने विषयमा विवाद हुँदै आएकाेमा मन्त्रिपरिषद्काे बैठकले गाेरखा दरबार परिसरमा राख्ने निर्णय गरेकाे थियाे ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया