नेपाल र दक्षिण कोरियाले जुगल हिमालको पहिलो आरोहण गर्दै

 चैत २४, २०८० शनिबार १०:३:५३ | उपेन्द्र येक्तेन
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – नेपाल र दक्षिण कोरियाको संयुक्त टोलीले जुगल हिमालको पहिलो आरोहण गर्नेभएको छ । छ हजार पाँच सय ९१ मिटर अग्लो हिमाल आरोहणका लागि तीन नेपाली र सात जना कोरियाली नागरिक सहभागी टोली आज त्यसतर्फ जाने नेपाल पर्वतारोहण सङ्घले जनाएको छ ।

सिन्धुपाल्चोकको जुगल हिमालको पहिलो आरोहण नेपाल र कोरियाबीच दौत्य सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा गर्न लागिएको हो । जुगल काठमाण्डौबाट सबैभन्दा नजिक पर्ने हिमालसमेत हो । नेपाल पर्वतारोहण सङ्घका महासचिव मोहन लम्सालले जुगल हिमाल आरोहणको माध्यमबाट नेपालको पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

२०७९ साल चैत २८ गते सरकारले जुगल हिमाल आरोहणका लागि खुला गर्ने निर्णय गरेको थियो । जुगल हिमाल क्षेत्रका पाँच वटा हिमाल आरोहणका लागि खुला गरिएको छ । आरोहण टोलीमा कोरियाली आरोही तथा नेपालका मानार्थ नागरिक अमहोङ गिलले नेतृत्व गर्नुहुनेछ भने नेपालको तर्फबाट कीर्तिमानी आरोही तथा सङ्घका प्रथम उपाध्यक्ष दावा याङ्जुम शेर्पाको नेतृत्व रहने छ ।     

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया