विराट गोल्डकपको उपाधिका लागि आज मछिन्द्र र सांग्रिला मोरङ खेल्दै

 चैत २४, २०८० शनिबार १२:७:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – आठौं संस्करणको विराट गोल्डकप फुटबलको उपाधिका लागि आज ए डिभिजन टोली मछिन्द्र क्लब र घरेलु टोली सांग्रिला मोरङ क्लब खेल्दैछन् । फाइनल खेल विराटनगरको शहिद रङ्गशालामा बेलुका पौने ७ बजे शुरु हुनेछ ।

मछिन्द्र क्लब विराट गोल्डकपमा पहिलोपटक फाइनलमा पुगेको पुगेको हो । सांग्रिला मोरङले तेस्रोपटक फाइनल खेल्दैछ । पहिलो सेमिफाइनलमा सांग्रिलाले विभागीय टोली एपीएफलाई र अन्तिम सेमिफाइनलमा मछिन्द्रले सिक्किम ड्रागन भारतलाई हराउँदै फाइनलमा पुगेको हो ।

गएको चैत १५ गतेदेखि शुरु भएको प्रतियोगितामा तीन विदेशीसहित १० टोलीको सहभागिता थियो । विराट गोल्डकपको विजेताले ११ लाख र उपविजेता टोलीले ५ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया