इंग्लिस प्रिमियर लिग फुटबलमा आज सातवटा खेल हुँदै

 चैत २४, २०८० शनिबार १२:३३:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – इंग्लिस प्रिमियर लिग फुटबलमा आज सातवटा खेल हुँदैछन् । नेपाली समयअनुसार आज बेलुका सवा ५ बजे म्यानचेस्टर सिटी र क्रिस्टल प्यालेसबिच खेल हुनेछ । सिटी ३० खेलमा ६७ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । समान खेलमा क्रिस्टल प्यालेस ३० अंकसहित चौधौँ स्थानमा छ ।

त्यस्तै बेलका पौने ८ बजे उल्भ्स र वेस्ट ह्याम, एभर्टन र बर्नली, एस्टनभिल्ला र ब्रेन्टफोर्ड, फुलहम र न्यूक्यास तथा लुटन टाउन र बर्नमाउथ खेल्दैछन् । आज हुने अर्को खेलमा राति सवा १० बजे आर्सनल र ब्राइटनबिच प्रतिस्पर्धा हुनेछ ।

आर्सनल ३० खेलमा ६८ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । समान खेलमा ४३ अंक रहेको ब्राइटन नवौँ स्थानमा छ । प्रिमियर लिगमा ३० खेलमा ७० अंकसहित लिभरपुल शीर्ष स्थानमा छ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया