आईपीएलमा राजस्थानले बेंगलूरुलाई ६ विकेटले हरायो

 चैत २५, २०८० आइतबार ६:३५:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बेंगलूरु (आरसीबी)लाई छ विकेटले हराएको छ । बेंगलूरुले दिएको एक सय ८४ रनको लक्ष्य राजस्थानले चार विकेट गुमाएर पाँच बल बाँकी छँदा भेट्टायो ।

राजस्थानका जोस बटलरले अन्तिम बलमा छक्का प्रहार गर्दै शतक बनाए । त्यसअघि जयपुरमा टस हारेर पहिले ब्याटिङ गरेको बेंगलूरुले २० ओभरमा तीन विकेट गुमाएर एक सय ८३ रन बनाएको थियो । बेंगलूरुका विराट कोहलीले एक सय १३ रनको शतकीय पारी खेले पनि जितका लागि पर्याप्त भएन ।

जितपछि राजस्थान चार खेलमा चार जितसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पाँच खेलमा एकमात्र जित निकालेको बेंगलूरु आठौँ स्थानमा छ । आईपिएलमा आज दुई वटा खेल हुँदै छन् । दिउँसो पौने ४ बजे हुने खेलमा मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्स तथा बेलुका पौने ८ बजे लखनउ सुपर जाएन्ट्स र गुजरात टाईटन्स खेल्दैछन् । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया