मैत्रीपूर्ण टी–२० क्रिकेट शृङ्खला : उपाधिका लागि आज नेपाल र गुजरात खेल्दै

 चैत २५, २०८० आइतबार ८:२:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसएमएस फ्रेन्डसिप कप टी–२० क्रिकेटको उपाधिका लागि आज गुजरातसँग खेल्दैछ । खेल गुजरातको वापीमा दिउँसो पौने ३ बजे शुरु हुनेछ ।

लिग चरणमा नेपाल शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो । नेपालले पहिलो खेलमा गुजरातनलाई आठ विकेटले र दोस्रो खेलमा बरोडालाई २७ रनले हराएको थियो ।

त्यस्तै तेस्रो खेलमा गुजरातलाई आठ रनले हराएको थियो भने अस्ति शुक्रबार भएको खेलमा नेपाल बरोडासँग ३७ रनले पराजित भएको थियो ।

गुजरातले बरोडालाई ५७ रन र पाँच विकेटले हराएर फाइनल खेल्न लागेको हो । नेपाली टोली एसीसी प्रिमियर कप र टी–२० विश्वकपको तयारीका लागि भारत भ्रमणमा गएको हो ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया