गएको मार्च महिना अहिलेसम्मकै तातो मार्च बन्यो

 चैत २७, २०८० मंगलबार १८:३२:२९ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

गएको मार्च महिना अहिलेसम्मकै तातो मार्च महिना बनेको छ । युरोपेली सङ्घको जलवायु परिवर्तन अनुगमन सेवाले गरेको तथ्याङ्क विश्लेषणअनुसार सन् २०२४ को मार्च महिना अहिलेसम्मकै तातो मार्च महिना बनेको देखिएको बीबीसीले जनाएको छ ।

यस वर्षको मार्च महिनाको तापक्रम पूर्व औद्याेगिक समय अर्थात् सन् १८४० देखि सन् १९०० को मार्च महिनाको औसत तापक्रमभन्दा एक दशमलव ६८ डिग्री सेल्सियसले धेरै हो । यस्तै सन् २०२३ को मार्च महिनाभन्दा यस वर्षको मार्च महिनाको तापक्रम शून्य दशमलव एक डिग्री सेल्सियसले बढेको छ ।

मार्च महिना अहिलेसम्मकै तातो बनेसँगै लगातार १० वटा महिनामा अहिलेसम्मकै तापक्रमको उच्च रेकर्ड बनेको छ । यसअघि सन् २०२३ को जुन महिनाले सबैभन्दा तातो जुन महिनाको रेकर्ड बनाएको थियो । त्यसपछिका हरेक महिना अहिलेसम्मकै तातो महिना बनेका छन् ।

युरोपेली सङ्घको जलवायु परिवर्तन अनुगमन सेवाका उपनिर्देशक सामन्था बर्गेसले लागातार महिनाहरूमा तापक्रम उच्च हुनु जलवायु समस्याको नयाँ चरणमा पुगेको सङ्केत रहेको भन्दै यो चिन्ताजनक रहेको बताउनुभएको रोयटर्सले जनाएको छ ।

अमेरिकी अन्तरिक्ष निकाय नासाको गोडार्ड इन्स्टिच्युट फर स्पेस स्टडीजका निर्देशक गेभिन स्मिथले बीबीसीसँग कुरा गर्दै लगातार १० महिना तापक्रममा रेकर्ड बन्नु आफैँमा चुनौतीपूर्ण हुनुका साथै भविष्यवाणीहरू असफल हुने क्रमसमेत बढेको बताउनुभयो । सन् २०२३ मा आफूहरूका धेरैजसो मौसमसम्बन्धी भविष्यवाणी नाटकीय रूपमा असफल भएको भन्दै उहाँले विश्व जलवायु परिवर्तनको नयाँ चरणमा पुगेको बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया