काठमाण्डौ उपत्यकाको तुवाँलो तत्काल नहट्ने, पहाडी क्षेत्रमा मौसम आंशिक बदली

 चैत २८, २०८० बुधबार ९:६:११ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ - आज काठमाण्डौ उपत्यकामा तुवाँलो लागेको छ । हिजो अस्तिको जस्तै मौसम धुम्म नै छ । दिउँसोपख केही समय आकाश खुले पनि तत्काल तुवाँलो पूर्णरूपमा हट्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् ।

तुवाँलो हट्न हावा र पानीको भूमिका हुन्छ । तर काठमाण्डौ उपत्यकामा तत्काल पानी पर्ने सम्भावना छैन । हावा कतिबेला चल्छ पूर्वानुमान गर्न गाह्रो रहेको मौसमविद्ले बताएका छन् ।

केही दिन यता काठमाण्डौमा वायु प्रदूषण पनि बढेको छ । बर्सेनि  पि–मनसुनको यो बेलामा काठमाण्डौमा प्रदूषण उच्च हुने गरेको छ । अहिले पश्चिमी र स्थानीय वायुको प्रभाव छ ।

पहाडी क्षेत्रमा मौसम आंशिक बदली तथा अरु बाँकी ठाउँमा सफा नै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम आंशिक बदली रहेका कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो ।   

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया