काठमाण्डौको वायु प्रदूषण अत्यन्तै अस्वस्थकर

 चैत २८, २०८० बुधबार ९:१६:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौको वायु प्रदूषणको स्तर अत्यन्तै अस्वस्थकर अवस्थामा पुगेको छ । विश्वभरको वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरकाअनुसार आज बिहान पौने ९ बजेसम्म नेपालको राजधानी काठमाण्डौ वायू प्रदूषणको हिसाबले विश्वमै पहिलो स्थानमा छ । आईक्यू एयरकाअनुसार काठमाण्डौको एयर क्वालिटी इन्डेक्स (एक्युआई) २ सय ४७ छ ।

त्यस्तै पाकिस्तानको लाहोरको २ सय ७ र भारतको नयाँदिल्लीको २ सय ३ एक्युआई छ । एक्युआई २ सय भन्दा माथि पुग्नुलाई अत्यन्तै अस्वस्थकर मानिन्छ । आईक्यू एयरका अनुसार १५० सम्मको एक्युआईलाई सन्तोषजनक, १५० देखि २ सयसम्मलाई अस्वस्थ र ३०१ देखि ५ सयसम्मलाई आपत्कालीन अवस्था मानिन्छ ।

सुख्खायाम शुरु भएसँगै जङ्गल लागेको डढेलो, पर्याप्त वर्षा नहुनु,  काठमाण्डौको धुलाम्मे सडक, फोहोर जलाउने लगायतका कारण नेपालमा प्रदूषण बढेको छ । वायु प्रदूषणले विभिन्न रोगको जोखिम बढाएसँगै अस्तालहरुमा बिरामीको सङ्ख्या पनि बढेको डाक्टरहरुले बताएका छन् । वायु प्रदूषणले सामान्यदेखि जटिलसम्मका स्वास्थ्य समस्या देखा परेका छन् ।

वायु प्रदूषणले तत्कालीन र दीर्घकालीन रूपमा मानव शरीरको हरेक अङ्गमा असर गर्ने डाक्टरहरु बताउँछन् । वायु प्रदूषणले श्वासप्रश्वास प्रणालीका अङ्गहरु नाक, मुख, घाँटी, श्वासप्रश्वास नली र फोक्सोमा असर गर्ने वरिष्ठ छातीरोग विशेषज्ञ डा.नवीन प्रकाश शाहको भनाई छ । उहाँले यसबाट जोगिन आवश्यक नपरि घर बाहिर नजाने, जानै परे मास्क लगाउने, पूरा शरिर ढाक्ने कपडा लगाउने, सरसफाईमा ध्यान दिने लगायतका सुझाव दिनुभएको छ ।

यस्तै वायु प्रदूषणले आँखालाई पनि प्रत्यक्ष असर गर्ने आँखारोग विशेषज्ञ डा.ज्योतिबाबा श्रेष्ठले बताउनुभयो । उहाँले चस्मा लगाएर हिँड्न र सफा पानीले आखाँ पखालिरहन सुझाव दिनुभएको छ । योसँगै वायु प्रदुषणले छाला, मुटु, मष्तिस्कमा पनि असर गर्ने हुनाले स्वास्थ्य सावधानी अपनाउनु पर्ने  डाक्टरहरुले बताएका छन् । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया