बाग्लुङको बुर्तिबाङ सबस्टेशनको काम अन्तिम चरणमा

 चैत २८, २०८० बुधबार १२:४४:५ | रासस
unn.prixa.net

तस्बिर : रासस

बाग्लुङ – बाग्लुङमा पाँच वर्षअघि निर्माण शुरु भएको बुर्तिबाङ सबस्टेशनको काम अन्तिम चरणमा पुगेको छ ।

पश्चिम बाग्लुङलाई केन्द्रीय प्रसारण लाइनसँग जोड्न कपिलवस्तुको मोतिपुर– अर्घाखाँचीको सन्धिखर्क– गुल्मीको तम्घास–पौँदीअमराई हुँदै बुर्तिबाङ जोड्ने १ सय ३२ केभीको सबस्टेशनको काम अन्तिम चरणमा पुगेको हो ।

ढोरपाटन नगरपालिका–२ खल्टुबोटमा निर्माणाधीन सबस्टेशनको काम ८० प्रतिशत सम्पन्न भएको ‘१३२ किलोभोल्ट बुर्तिबाङ सबस्टेशन आयोजना’ का प्रमुख मनोज चौधरीले बताउनुभयो । निर्माण पूरा हुनासाथ गुल्मी तम्घासको सबस्टेशन आउँदो वैशाख १९ गते तथा पौँदीअमराई र बाग्लुङको बुर्तिबाङ सबस्टेशन अउँदो असारमा परीक्षण गर्नेगरी द्रुत गतिमा काम भइरहेको उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया