पीएसजी र बोरुसिया डर्टमण्ड च्याम्पियन्स लिगको सेमिफाइनलमा

 बैशाख ५, २०८१ बुधबार ७:२१:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेइन (पीएसजी) र जर्मन टोली बोरुसिया डर्टमण्ड युरोपेली च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा पुगेका छन् । गएराति भएको खेलमा स्पेनिश क्लब एट्लेटिको मड्रिडलाई समग्रमा ५–४ गोलले हराउँदै बोरुसिया डर्टमण्ड युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको हो ।

पहिलो लेगमा २–१ को हार ब्यहोरेको डर्टमण्डले दोस्रो लेगमा ४–२ को जित निकाल्दै अन्तिम चारमा पुग्यो । डर्टमण्डले फाइनलमा पुग्न पीएसजीसँग खेल्नेछ । पीएजीले अर्को खेलमा बार्सिलोनालाई समग्रमा ६–४ ले हराउँदै अन्तिम चारमा पुगेको छ ।

च्याम्पियन्स लिगमा आजराति क्वाटरफाइनलको दोस्रो लेगका खेल हुँदैछन् । आज रियल म्याड्रिडले म्यानचेस्टर सिटी र आर्सनलले र बायर्न म्युनिखसँग खेल्नेछ । यी टोलीले पहिलो लेग बराबरी खेलेका छन् । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया