यूएईमा ७५ वर्षयताकै उच्च वर्षा : सडकमा बाढी, घरभित्रै सुरक्षित बस्न आग्रह

 बैशाख ५, २०८१ बुधबार १२:९:२९ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

संयुक्त अरब इमिरेट्स (यूएई)मा ७५ वर्षयताकै उच्च वर्षा भएको छ । ‘खातम अल शक्ला’ क्षेत्रमा २ सय ५४ दशमलव ८ मिलिमिटर वर्षा भएको छ । सन् १९४९ मा डाटा सङ्कलन शुरु भएदेखि दस्तावेज गरिएको तथ्याङ्कलाई पार गर्ने गरी वर्षा मापन भएको त्यहाँको राष्ट्रिय मौसम केन्द्रले जनाएको छ । सडकमा बाढी आएको छ । केही सडक भत्किएका छन्

भारी वर्षापछि राष्ट्रिय आपतकालीन सङ्कट र प्रकोप व्यवस्थापन प्राधिकरणले अत्यावश्यक अवस्थाबाहेक घर नछोड्न सचेत गराएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सरकारी कर्मचारीलाई घरबाटै काम गर्न भनिएको छ । जलमग्न सडकमा गाडी चलाउँदा बिग्रिने जोखिम भएकाले गाडी तथा अन्य साधन जोखिम क्षेत्रबाट टाढा सुरक्षित ठाउँमा पार्क गर्न सुझाव दिइएको छ ।

कतिपयले आफ्नो गाडी बिग्रेको गुनासो गरेका छन् । कतै कतै बिजुली पनि कटौती भएको छ । कीर्तिमानी वर्षा जलवायु इतिहासमा असाधारण घटना भएको केन्द्रले जनाएको छ । प्रतिकूल मौसमको व्यवस्थापन गर्न कठिनाइ भैरहेको विपद् विज्ञले बताएका छन् ।

दुबईमा सडक यातायात र हवाई सेवासमेत अवरुद्ध भएको छ । यूएई र आसपासका देशमा हिजोदेखि नै भारी वर्षा भैरहेको छ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया