मैदान ओसिलो भएका कारण नेपाल र साउदी अरेबियाबीचको खेल शुरु हुन ढिलाइ

 बैशाख ५, २०८१ बुधबार १२:३७:५० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले आज आफ्नो समूह चरणको अन्तिम खेलमा साउदी अरेबियासँग खेल्दैछ । ओमानको अल अमिरात (ग्राउन्ड–२) मा हुने खेल केहीबेरमा शुरु हुँदैछ । मैदान ओसिलो भएका कारण टस हुन ढिलाइ भएको छ । आजको खेल जितेमा समूह चरणमा अपराजित बन्दै नेपालले सेमिफाइनल खेल्नेछ ।

नेपाल यसअघि नै समूह विजेता बन्दै सेमिफाइनलमा पुगिसकेको छ । हिजो भएको खेलमा साउदी अरेबिया कतारसँग पराजित भएसँगै नेपाल समूह ‘ए’ को विजेता बनेको हो । ३ खेल खेलेको नेपालको ६ अङ्क छ । ४ खेल खेलेको कतारको ४ अङ्क र ३ खेल खेलेका साउदी अरेबिया, मलेसिया र हङकङको समान २–२ अङ्क छ ।

आजको खेलमा नेपाललाई हराउन सके साउदी अरेबिया ४ अङ्कका साथ सेमिफाइनल खेल्ने सम्भावना छ । नेपालले यसअघिका खेलमा मलेसियालाई ५ विकेट, कतारलाई ३२ रन र हङकङलाई ८ विकेटले हराएको थियो । साउदीले हङकङलाई हराएको थियो भने मलेसिया र कतारसँग हारेको थियो । अहिले मलेसिया र हङकङ खेलिरहेका छन् । ४ अङ्कका साथ सेमिफाइनल खेल्न दुवै टोलीले फराकिलो जित निकाल्नुपर्छ ।

समूह ‘बी’ मा ओमान ३ खेलमा ६ अङ्कका साथ शीर्ष स्थानमा छ । कुवेत ३ खेलमध्ये २ मा जितसहित ४ अङ्कका साथ दोस्रो स्थानमा छ । त्यस्तै यूएई ३ खेलमा २ मा जितसहित ४ अङ्कका साथ तेस्रो स्थानमा छ । बहराइन ३ खेल र कम्बोडिया २ खेलमा अङ्क विहीन हुँदै पुछारमा छन् ।

आज दिउँसो सवा ४ बजे ओमानले कुवेत र यूएईले कम्बोडियासँग खेल्दैछन् । सेमिफाइनलका खेल शुक्रवार, तेस्रो स्थानको खेल शनिवार र फाइनल खेल आइतवार हुनेछ । यो प्रतियोगिताको उपाधि विजेता टोलीले एशिया कप खेल्न पाउनेछ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया