रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृहको निर्माण प्रक्रिया शुरु

 बैशाख ५, २०८१ बुधबार १५:१८:३ | रासस
unn.prixa.net

रासस

भैरहवा – नेपाल आयल निगमले भैरहवा–परासी सडक खण्डमा पर्ने रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृहको निर्माण प्रक्रिया शुरु गरेको छ । रुपन्देहीको तिलोत्तमा–७ भलबारीमा रहेको प्रादेशिक डिपोको भण्डारण क्षमता कम भएको तथा बस्ती नजिक रहेकाले नयाँ स्थानमा भण्डारण गृह बनाउन थालेको निगमले जनाएको छ ।

नयाँ भण्डारण गृहको १४ बिघा क्षेत्रफलमध्ये ७० प्रतिशत ओमसतिया र ३० प्रतिशत जग्गा रोहिणी गाउँपालिकामा पर्छ। भण्डारण गृह निर्माण परियोजनाका संयोजक प्रदीप यादवले विगतमा जग्गा सम्बन्धी केही विवाद देखिएकोमा संसदीय समिति र अख्तियारबाट विवाद समाधान भई बजेट पनि पारित भएर टेण्डर प्रक्रियामा गएको बताउनुभयो ।

३ अर्ब रुपैयाँ लागत अनुमान गरिएको भण्डारण गृहले लुम्बिनी प्रदेशको २० दिनको माग धान्ने यादवले बताउनुभयो । २०८३ सालभित्र निर्माण सम्पन्न गर्ने निगमको लक्ष्य छ । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया