गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान, कांग्रेसको आपत्ति

 बैशाख ५, २०८१ बुधबार १८:०:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेश सभाको अधिवेशन वैशाख ७ गतेको लागि आह्वान गर्नुभएको छ । प्रदेश मन्त्रिपरिषद्को सिफारिसअनुसार अधिवेशन आह्वान भएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले विज्ञप्तिमार्फत जानकारी गराउनुभएको छ ।

यही अधिवेशनमा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने तयारी गर्नुभएको छ । सभामुखलाई पनि गणना गरेर नियुक्त हुनुभएका मुख्यमन्त्री अधिकारीको नियुक्ति सम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन छ । यस मुद्दामा वैशाख १० गते पेशी तोकिएको छ । सर्वोच्चले दीर्घकालीन असर पर्ने निर्णय नगर्न आदेश दिएको छ ।

यसैबीच गण्डकीमा नेपाली कांग्रेसले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा प्रदेशसभा बैठक आह्वान गरिएकोप्रति आपत्ति जनाएको छ । कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले विज्ञप्ति निकालेर प्रदेश प्रमुखको कदम गैरजिम्मेवार रहेको बताउनुभएको हो । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया