आँधी र बाढीका कारण दुबईको विमानस्थल अस्तव्यस्त

 बैशाख ६, २०८१ बिहिबार ६:७:२५ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

घातक आँधी र बाढीका कारण संयुक्त अरब इमिरेट्स (यूएई) को मुख्य विमानस्थल अस्तव्यस्त भएको छ । विश्वको दोस्रो व्यस्त विमानस्थल दुबईमा उडानहरु अवरुद्ध छन् । धेरै उडान ढिलाइ, रद्द वा डाइभर्ट भएका छन् । यात्रुहरु समस्यामा परेका छन् ।

दुबई अन्तर्राष्ट्रिय विमानस्थलले निक्कै ठूलो चुनौतीपूर्ण अवस्थाको सामना गरिरहेको अधिकारीहरुलाई उद्धृत गरी बीबीसीले जनाएको छ । हिजो दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा झण्डै २ सय ९० उडान रद्द भएका थिए । त्यस्तै चार सय ४० भन्दा धेरै उडान ढिला भएका थिए ।

दुबईमा मुख्यालय रहेको प्रमुख अन्तर्राष्ट्रिय एयरलाइन्स इमिरेट्सले आजसम्म यात्रुहरुका लागि चेक–इन स्थगित गरेको जनाएको छ । सकेसम्म छिट्टै उडान सञ्चालन गर्ने प्रयास भैरहेको एयरलाइन्सका अधिकारीले जनाएका छन् । विमानस्थलमा ट्याक्सीको लामो लाइन लागेको छ ।

अस्तिको मुसलधारे वर्षा र बाढीले प्रभावित वित्तीय केन्द्र दुबईका ठूला राजमार्ग पनि बाढीले अवरुद्ध भएका छन् । युएई, ओमान, बहराइनलगायतका देशमा पछिल्लो आँधीले बालबालिकासहित २० जनाभन्दा धेरैको ज्यान गएको छ । विज्ञहरुले चरम मौसमी घटनाहरूमा जलवायु परिवर्तनको मुख्य भूमिका रहेको बताएका छन् । यूएईमा अस्ति ७५ वर्षयताकै ठूलो पानी परेको हो ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया