कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा

 बैशाख १२, २०८१ बुधबार १८:३९:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएकाे छ ।

सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले आज एक सूचना जारी गरेर सांसद गुरुङको निलम्बन फुकुवा भएकाे जानकारी दिनुभएकाे हाे ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार निवारण ऐनबमोजिम विशेष अदालतमा मुद्दा दायर गरेपछि निलम्बनमा परेका सांसद गुरुङ सर्वोच्च अदालतको आदेशसँगै फुकुवा हुनुभएको हो । मनाङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित गुरुङ २०७९ साल पुस १२ गतेदेखि निलम्बनमा पर्नुभएको थियो ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया