आइतवारदेखि हुन लागेको लगानी सम्मेलनमा नेपालले एक सय ५१ वटा...
बैशाख १४, २०८१ शुक्रबार
धनकुटा – लागुऔषध ब्राउन सुगरको बेचबिखन गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ ।
धनकुटा नगरपालिका–१, हिलेमा लागुऔषध ब्राउन सुगरको बेचबिखन हुँदैछ भन्ने सूचनाको आधारमा धनकुटा नगरपालिका–१, कुवापानीका २५ वर्षीय सुमन तामाङ वडा नम्बर ५ का २६ वर्षीय निश्चल तिवारी र वडा नम्बर ७ का २४ वर्षीय केनेडी राईलाई घटनास्थलबाट प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी सुरेन्द्रबहादुर गुरुङले बताउनुभयो ।
उनीहरुलाई जेठ २६ गते पक्राउ गरी सोमबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ ।