सुस्ता क्षेत्र र गण्डक पीडा
बैशाख १४, २०८१ शुक्रबार
काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला सरकारी वकिलको कार्यालय, रुपन्देहीका जिल्ला न्यायाधीवक्ता कोषहरि निरौलाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
ठगी मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग ८० हजार रुपैयाँ घुस रकम लिएको निरौलामाथि आरोप लागेको छ ।
घुस रकम माग गरेको उजुरीको आधारमा निरौलालाई पक्राउ गरी अनुसन्धान गर्दा भ्रष्टाचार गरेको देखिएकोले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिनुभयो ।