इन्ज्युरी समयमा इरिक्सनको गाेल, टोटनह्यामलाई तीन अंक

 पुस १, २०७५ आइतबार ८:१९:७ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा बर्नलेलाई हराउँदै टोटनह्यामले तेस्रो स्थानको पकड बलियो बनाएको छ ।

घरेलु मैदान ह्वाइट हार्ट लेनमा भएको खेलमा क्रिष्टियन इरिक्सनले इन्ज्युरी समयमा गोल गरेपछि टोटनह्याम तीन अंक खोस्न सफल भयो । नियमित ९० मिनेटमा गोल गर्न नसकेपछि टोटनह्याम अंक बाँढ्ने संघारमा पुगेका बेला ह्यारी केनको पासमा इरिक्सनले गोल गर्दै टोटनह्यामलाई जित दिलाए ।

जितसँगै टोटनह्याम तालिकामा ३९ अंक जोड्दै तेस्राे स्थान कायम छ । उसले चौथो स्थानको चेल्सीलाई पाँच अंकले पछि छोडेको छ । यद्यपी चेल्सीले एक खेल कम खेलेको छ । शीर्ष स्थानको म्यानचेस्टर सिटीको ४४ अंक हुँदा लिभरपुलको भने ४२ अंक छ ।

प्रिमियर लिग अन्तर्गत शनिबार राति भएका अन्य खेलमा क्रिष्टल प्यालेसले लेस्टर सिटीलाई १–० ले हरायो भने न्यू क्यासल युनाइटेडले हार्ड्सफिल्ड टाउनलाई १–० ले नै पराजित गर्‍याे । वाट्फोर्डले कार्डिफमाथि ३–२ को जित दर्ता गर्दा उल्भरह्याम्टनले बर्नमाउथलाई २–० ले पराजित गर्‍याे ।

तालिकाको पुछारमा रहेको फुलह्याम भने वेष्टह्याम युनाइटेडसँग २–० ले पराजित भयाे । 
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया