अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
सन् २०२२ मा कतारमा हुने विश्वकपमा सहभागी टिमको संख्या बढाउन विश्वका धेरै फुटबल संघले माग गरेको अन्तराष्ट्रिय फुटबल महासंघ फिफाले जनाएको छ ।
फिफाका अध्यक्ष जियोनी इन्फान्टिन्होले कतार विश्वकपमा ३२ को सट्टा ४८ टिमका सहभागिताका लागि गरेको प्रस्तावमा प्रायःसबै फुटबल संघहरुले समर्थन गरेको फिफाले बताएको छ । सन् २०१७ मा फिफाले कतारलाई विश्वकपको आयोजनाको जिम्मा दिँदा नै २०२६ को विश्वकपमा टिमको संख्या बढाएर ४८ पुर्याउने बताएको थियो ।
तर फिफाको अध्यक्षमा निर्वाचित भएपछि इन्फान्टिन्होले २०२२ मा नै विश्वकपमा सहभागी टिमको संख्या बढाउनुपर्ने प्रस्ताव गरेका थिए । जसलाई सकारात्मक रुपमा लिइएको छ । फिफाका अनुसार अहिलेसम्म ६० देशले यो प्रस्तावमा सहमति जनाएको बताएको छ ।