बालिका बलात्कार प्रयासको आरोपमा एकजना पक्राउ

 फागुन २, २०७५ बिहिबार १०:५८:० | विमल बिष्ट
unn.prixa.net

डोटी – १५ बालिका बलात्कार गर्न खोजेको आरोपमा प्रहरीले एकजना पक्राउ गरेको छ । जोरायल गाउँपालिका–४ घाडका ‘हिरे’ भनेर चिनिने ४८ वर्षीया खडकबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको हो । 

घरमा बालिका एक्लै भएको मौकामा गएको सोमबार राति १० बजे बालिकामाथि जबरजस्ती करणी गर्न खोजेको पीडित पक्षले इलाका प्रहरी कार्यालय जोरायलमा जाहेरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका मगर र पीडित बालिकालाई जिल्ला प्रहरी कार्यालय डोटीमा ल्याइएको छ ।

पीडित बालिकाको बयानका आधारमा घरमा एक्लै सुतिरहेको बेलामा मगरले बालिकामाथि बलात्कारको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा डीएसपी लालबहादुर धामीले बताउनुभयो ।

उनले यसअघि गएको साउनमा पनि बालिका बलात्कारको प्रयास गरेको र संवेदनशील अंगमा हात हालेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको डोटी प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया