कृष्णभिरमा पहिरो खस्दा कार पुरियो

 असार १३, २०७५ बुधबार ७:४७:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं – पृथ्वी राजमार्गको कृष्णभिरमा पनि पहिरो खसेको छ । पहिरोले एउटा कार पुरेको छ भने पहिरोमा एउटा जीप फसेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार धादिङ बेनिघाट रोराङ गाउँपालिकामा पर्ने कृष्णभिरमा राति लेदो माटोसहितको पहिरो खसेको हो ।

पहिरोमा बा १२ च ३८२१ नम्बरको कार आधा पुरिएको छ भने बा १३ च ५९८३ जीप फसेको छ । पहिरो पन्छाउने काम भइरहेको छ । देशकै प्रमुख राजमार्ग पृथ्वी राजमार्ग र त्यसमा जोडिएको नारायणगढ–मुग्लिन सडकमा पहिरोको जोखिम धेरै रहेको यस अघि नै प्रतिवेदन सार्वजनिक भइसकेको छ ।  
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया