पानामा र ट्युनिसियाकाे बिहीबारकाे खेल प्रतिष्ठाकाे लडार्इं मात्र

 असार १४, २०७५ बिहिबार २०:२९:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

पानामा विरुद्ध ट्युनिसिया

विश्वकपको समूह जी बाट नवप्रवेशी टोली पानामा र अफ्रिकी टोली ट्युनिसिया यसअघिका दुई खेलमा पराजित हुँदै विश्वकपबाट बाहिरिइसकेका छन् । 

यिनै दुई टोली रुसको मोर्डोभिया एरिनामा विहीबार राति प्रतिष्ठाका लागि भिड्दैछन् ।

मध्य अमेरिकी क्षेत्रबाट अमेरिकालाई पछि पार्दै ऐतिहासिक रुपमा विश्वकपमा छानिएको पानामाको प्रदर्शन विश्वकपमा अपेक्षाकृत रहेन । 

अर्को नवप्रवेशी टोली आइसल्याण्डले शानदार प्रदर्शन गरिरहँदा पानामा भने कमजोर देखियो । इंग्ल्याण्डसँग ६–१ गोलको हार ब्यहोर्नुअघि पानामा बेल्जियमसँग ३–० ले हारेको थियो ।
 
त्यसपछि आलोचकहरुले भन्न थालेका छन् कि विश्वकपमा ३२ टोलीको सहभागिता गराउँदा त यस्तो हालत छ, ४८ टोलीको सहभागिता हुँदा कस्तो प्रतिस्पर्धा होला ? 

एक हदसम्म कुरा ठीकै सुनिन्छ, किनभने थोरै टोली हुँदा प्रतिस्पर्धाको रोमाञ्चकता धेरै टोली हुँदा अवश्य पनि कम हुन्छ ।
 
यता ट्युनिसियाले पाँचौं पटकको विश्वकप सहभागितामा पनि समूह चरण पार गर्न सकेन ।

ट्निसिया इंग्ल्याण्डसँग २–१ गोलले हारे पनि उत्कृष्ट प्रदर्शन गरेको थियो । बराबरीउन्मुख खेलमा इंग्लिस कप्तान ह्यारी केनले अन्तिम समयमा गोल गर्दै टिमलाई जित दिलाएका थिए ।

अर्को खेलमा भने ट्युनिसिया कमजोर देखियो । बेल्जियमले उसलाई ५–२ गोलले हराएको थियो ।
 
पानामा आफ्नो डेब्यू विश्वकपमा कम्तिमा एउटा खेल जितेर अविष्मरणीय बनाउन चाहन्छ । तर, प्रतियोगिता सरु हुनुअघि नै सबैभन्दा कमजोर टोलीको उपमा पाएको पानामाको प्रदर्शन पनि त्यही अनुसार रह्यो । 

तर, दबाबमुक्त अवस्थामा उसले कस्तो प्रदर्शन गर्ला भन्ने सबैको चासोको विषय हो ।
 
अर्कोतर्फ ट्युनिसियाका लागि ४० वर्षदेखि हासिल गर्न नसकेको अवसर हुनेछ । 

सन् १९७८ को विश्वकपमा मेक्सिकोविरुद्ध ३–१ को जित हासिल गरेको ट्युनिसियाले त्यसयता अहिलेसम्म विश्वकपमा जित हासिल गर्न सकेको छैन ।

ट्युनिसियाली टोली आजको खेलमा त्यही लक्ष्यमा केन्द्रित हुनेछ ।

 
म्याच फ्याक्ट्स


 – ट्युनिसिया र पानामा पहिलो पटक आमन सामने हुन लागेका हुन् ।
 
– ट्युनिसियाले मध्य अमेरिकी टोलीसँग विश्वकपमा यसअघि एक खेलमात्र खेलेको छ । 
 सन् १९७८ मा ट्युनिसियाले विश्वकपमा डेब्यू गरेको हो, पहिलो खेलमै उसले मेक्सिकोलाई ३–१ ले    हराएको हो । उसको विश्वकपमा अहिलेसम्मकै एकमात्र जित पनि त्यही हो ।
 
– पानामाले जारी विश्वकपमा १३ शटमा ९ गोल खाएको छ ।
 
– ट्युनिसियाले एकै विश्वकपमा सबैभन्दा धेरै ७ गोल जारी प्रतियोगितामै खाएको छ । यसअघि सन् २००६ मा उसले ६ गोल खाएको थियो ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया