प्रहरीबाट रिहा भएलगत्तै विप्लव समूह परित्याग

 बैशाख ३, २०७६ मंगलबार २०:३५:१ | बुद्ध तामाङ
unn.prixa.net

भोजपुर - प्रहरी हिरासतमा रहेका नेत्रबिक्रम चन्द विप्लव नेतृत्वकाे नेकपामा आबद्ध तीन कार्यकर्ताले रिहा भएलगत्तै पार्टी परित्याग गरेका छन् ।

गएकाे चैत ११ गते जिल्लाको विभिन्न स्थानबाट टेम्केमैयुङ गाउँपालिका-४, नागिका सञ्जय राई, पौवादुङ्मा-३, च्याङ्गेका विकास किराती र साल्पासिलिचाे–१ कुलुङ्गका महेन्द्र तामाङलाई प्रहरीले प्रक्राउ गरेको थियो ।

सञ्जय राई र महेन्द्र तामाङ्ग विप्लव समूहका जिल्ला कमिटि सदस्य हुन् भने विकास राई विद्यार्थी संगठनका अध्यक्ष रहेका थिए । प्रक्राउपछि प्रहरी हिरासतमा रहेका तीनैजनालाई जिल्ला प्रशासन कार्यलय भोजपुरले धरौटीमा रिहा गरेकाे हाे । तीनै जनाले रिहा भएपछि पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

उनीहरुले आफूहरु पार्टीको साधारण सदस्य्समेत नरहने गरी पार्टी परित्याग गरेको प्रेस विज्ञप्तिमार्फत जनाएका छन् । विज्ञप्तिमा विगतका गतिविधि प्रति आत्मसमीक्षा गर्दै आउँदा दिनमा विप्लव समूहमा कुनै किसिमको आबद्धता नरहने प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ ।

साथै प्रतिबद्धता विपरीत गतिविधि गरेमा कानुन अनुसारको सजाय भोग्न तयार रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको  छ ।

उनीहरुलाई जिल्ला प्रशासन कार्यालय भोजपुरले जनही छ हजार धरौटी लिएर साधरण तारेखमा रिहा गरेको जनाइएको छ । प्रमुख जिल्ला अधिकारि नुरप्रसाद खतिवडाले तीनै जनाले निवेदनमार्फत पार्टी परित्याग गरेको जानकारी गराएको र आफूहरुले पनि निगरानी गरिरहेको बताउनुभयाे । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया