आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता : महिला फुटबलमा गण्डकी प्रदेश र एपीएफकाे विजयी सुरुवात

 बैशाख ४, २०७६ बुधबार २०:१९:५१ | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु – आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कपिलवस्तुमा बुधबारबाट सुरु भएको महिला फुटबल प्रतियोगितामा गण्डकी प्रदेश र सशस्त्र प्रहरी बल एपीएफले विजयी सुरुवात गरेका छन् । 

कपिलवस्तुको वाणगंगा नगरपालिकाको बुद्ध रगंशालामा भएको पहिलो खेलमा कर्णाली प्रदेशलाई  ४–० ले हराउँदै गण्डकी प्रदेश विजयी भएको हो । 

खेल सुरु भएको १७ औँ  मिनेटमै जर्सी मनिषा पंगेनीको गोलबाट खाता खोलेको गण्डकी प्रदेशका लागि २९ औँ मिनेटमा उद्या थापाले अर्को गोल गरिन् । त्यस्तै  दोश्रो हाफमा गण्डकीका लागि ननिता गुरुङले र उद्या थापाले एक–एक गोल थपे । 

ननिता गुरुङ म्यान अफ् द म्याच बनिन् ।

आजै भएको दोस्रो खेलमा सशस्त्र प्रहरी बल एपीएफले प्रदेश नम्बर १ लाई ६–० ले हराउँदै विजयी भएको छ । एपीएफकी सावित्रा भण्डारी एक्लैले ४ गोल गर्दै एपीएफलाई जित दिलाइन् ।

एपीएफका लागि सावित्रा भण्डारीले खेलको खेलको ५औँ , ३७औँ, ४०आँ र ४८औँ मिनेटमा गोल गर्न सफल भइन् भने अनिता केसीले खेलको २९ र ५२ मिनेटमा गोल गरिन् ।

 


 

अन्तिम अपडेट: बैशाख १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया