आइतवारदेखि हुन लागेको लगानी सम्मेलनमा नेपालले एक सय ५१ वटा...
बैशाख १४, २०८१ शुक्रबार
धनुषा – रौतहटमा घर भत्किँदा ४ महिने बालकको ज्यान गएको छ भने बालकको बुवा आमा घाइते भएका छन् ।
राजपुर नगरपालिका–८ बलुवागोठका रामलोचन रामको माटो र इँट्टाको गारोबाट बनेको १ तल्ले फुसको छानो भएको घर बिहीबार भत्किएको हो । घर भत्किँदा परिएर रामलोचनका ४ महिने छोरा सन्तलाल रामको ज्यान गएको छ । रामलोचन र उहाँकी श्रीमती मरछियादेवी घाइते हुनुभएको प्रहरीले जनाएको छ ।
बिहीबार राति झण्डै ११ बजेर २० मिनेटमा घर भत्किँदा पुरिएर घाइते भएका तीनैजनाको इलाका प्रहरी कार्यालय राजपुरले स्थानीयको सहयोगमा उद्दार गरी उपचारको लागि गौर अस्पताल पठाएको थियो ।
उपचारको क्रममा ४ महिने बालकको ज्यान गएको र बालकको बुवाआमाको उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।