सर्पले टोकेपछि प्राथमिक उपचार कसरी गर्ने ?

 जेठ २७, २०७६ सोमबार १४:३६:६ | डा. शेरबहादुर पुन
unn.prixa.net

सांकेतिक तस्बिर

काठमाण्डौ – गर्मी मौसममा सर्पले टोक्ने जोखिम उत्तिकै हुन्छ । सर्पले टोक्नुलाई सर्पदंशका रुपमा लिइन्छ । तराइ क्षेत्रमा गर्मीको मौसममा सर्पले टोकेका बिरामी संख्या अरु क्षेत्रको भन्दा तुलनात्मक रुपमा बढी हुने गर्छ ।

सर्प देख्ने बित्तिकै जो कोही पनि तर्सने र धेरैलाई त टोक्यो कि मरिन्छ भन्ने भ्रम रहेको पाइन्छ । अस्पतालसम्म पुग्नुभन्दा अगाडि बिरामीले तुरुन्त र सही प्राथमिक उपचार पाए सर्पदंशबाट हुने मृत्युलाई रोक्न सकिन्छ ।

प्राथमिक उपचार

१) सबैभन्दा पहिले बिरामीलाई उत्तेजित हुनबाट रोक्ने वा शान्त बनाउनु पर्छ । सबै सर्पले टोक्दैमा विष छोडेको हुँदैन, जसलाई ‘ड्राइ बाइट’ भनिन्छ । नेपालको पूर्वी तराइमा गरिएको एक अनुसन्धानले १० प्रतिशत टोकाइमा मात्र सर्पको विष हुने गरेको देखिएको थियो । 

२) बिरामी सकेसम्म नचलिकन बस्नुपर्छ । टोकेको ठाउँमा क्रेप्ट ब्यान्डेज बाँध्नुपर्छ तर धेरै कडा गरेर बाँध्नु हुँदैन । टोकेको ठाउँ नचलोस् भन्नका लागि काठको काप्रो (स्प्लिन्ट) प्रयोग गर्न सकिन्छ ।

३) टोकेको ठाउँलाई मुटुको लेबलभन्दा मुनि राख्नुपर्छ ।

४) शरीरमा लगाएको कपडा कसिएको भए तथा घडी वा गरगहना लगाएको भए निकाल्नुपर्छ । 

५) अनि जतिसक्दो चाँडो अस्पताल पुर्‍याउनुपर्छ । 

के गर्नु हुँदैन ?

१) घाउमा चक्कुले काट्ने, चुस्ने वा कुनै रसायन लगाउनु हुँदैन ।

२) धामी झाक्रीको विधि प्रयोग गर्नुहुँदैन ।

३) टोकेको ठाउँमा कुनै कडा रबर (तन्कने वस्तु) ले बाँध्नु हुँदैन, यसबाट टोकेको ठाउँ वरिपरि कालो हुने वा ग्यांग्रिन भई सर्पले टोकेको ठाउँ नै काटेर फ्याँक्नु पर्ने हुनसक्छ ।

४) मद्यपान (जाँड-रक्सी) खानु हुँदैन ।  

 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

डा. शेरबहादुर पुन

डाक्टर पुन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालकाे क्लिनिकल रिसर्च युनिटका संयाेजक हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया