विश्वकप क्रिकेट : पाकिस्तानकाे दाेस्राे जित, दक्षिण अफ्रिका बाहिरियाे

 असार ९, २०७६ सोमबार ६:२१:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

आइसीसी एकदिवसीय विश्वकपमा पाकिस्तानले दोस्रो जित निकालेको छ ।

आइतबार भएको खेलमा पाकिस्तानले दक्षिण अफ्रिकालाई ४९ रनले हरायो । लर्डसमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा सात विकेट गुमाउँदै ३ सय ८ रन बनायो ।

बलियो सुरुवात गरेको पाकिस्तानले पहिलो विकेटका लागि ८१ रनको साझेदारी गरेको थियो । उसका ओपनर फकर जमान ४४ रनमा आउट भए ।

त्यसपछि इमाम उल हम पनि ४४ रनमा आउट भएपछि पाकिस्तानले ९८ रनमा दोस्रो विकेट खेर फाल्यो । त्यसपछि क्रिजमा आएका मोहम्मद हफिजमात्र २० रनमा आउट भए ।

चौथो विकेटका लागि बाबर अजाम र ह्यारिस सोहेलबीच ८१ रनको साझेदारी हुँदा पाकिस्तान बलियो स्थितिमा पुगेको थियो । बाबर ६९ रनमा आउट हुन पुगे ।

त्यसपछि इमाद वासिमले २३ रन बनाए भने हारिस सोहेलले अविजीत ८९ रन बनाए ।

बलिङमा दक्षिण अफ्रिकाका इमरान ताहिरले दुई विकेट लिए । जवाफमा दक्षिण अफ्रिका ५० ओभरमा ९ विकेट गुमाउँदा २ सय ५९ रनमा रोकियो ।

राम्रो सुरुवात गर्न नसकेको दक्षिण अफ्रिकाका लागि कप्तान फाफ डुप्लिसिसले ६३ रन बनाए भने क्विन डी ककले ४७ रनको योगदान गरे ।

यस्तै ही भान डेर डुसेनले ३६ र डेविड मिलरले ३१ रन बनाए । यसका साथै उसका लागि फेलुक्वाले अविजीत ४६ रन बनाए भने क्रिस मोरीसले १६ रन बनाए ।

बलिङमा पाकिस्तानका वाहेब रियाज र सहदाव खानले तीन तीन विकेट लिए ।

नतिजापछि दक्षिण अफ्रिका विश्वकपबाट बाहिरिएको छ ।

विश्वकप क्रिकेटमा साेमबार बंगलादेश र अफगानस्तान खेल्नेछन् । खेल दिउँसो सवा ३ बजेपछि सुरु हुनेछ ।  

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया