आइतवारदेखि हुन लागेको लगानी सम्मेलनमा नेपालले एक सय ५१ वटा...
बैशाख १४, २०८१ शुक्रबार
सोलुखुम्बु – पहिरोको उच्च जोखिममा परेको सोलुखुम्बुको फाप्लु विमानस्थल निर्माणमा ठेकेदार कम्पनीको लापर्वाही रहेको पाइएको छ ।
उज्यालो अनलाइनमा समाचार प्रकाशन भएपछि पहिरोको जोखिममा परेको विमानस्थलको प्रमुख जिल्ला अधिकारी, सासंदसहितको टोलीले निरीक्षण गर्दै पर्खाल लगाउने क्रममा ठेकेदारले लापरबाही गरेका कारण पहिरोको जोखिममा परेको निष्कर्ष निकालेको हो ।
सोमबार प्रदेश सासंद उत्तम कुमार बस्नेत, प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानासहितको एक टोलीले विमानस्थलको निरीक्षण गर्दै झण्डै १ महिनाअघि मात्र घेराबार निर्माण कार्य सम्पन्न गर्दा ठेकेदारले कमसल काम गरेकाले पहिरोको जोखिममा परेको निष्कर्षमा पुगेका हुन् ।
निर्माणकर्ताले विमानस्थलको पर्खाल बनाउँदा भत्किएको सडकलाई ढलान गर्ने क्रममा माटो भरेर त्यसैमाथि ढलान गर्दा भासिएको बताइएको छ । विमानस्थलको माथिलो भागमा लगाइएको पर्खालसहितका बार बनाउँदा झारो टार्ने मात्र काम गरेकाले दुर्घटनाको जोखिम बढेको टोलीले निष्कर्ष निकालेको छ ।
निरीक्षणपछि प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले यस विषयमा आफूले गृह मन्त्रालयमा पत्राचार गर्ने बताउनुभएको छ ।
उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ ।