विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध
बैशाख १४, २०८१ शुक्रबार
काठमाण्डाै - आईएमई मोटर्सले प्रवर्द्धन गरेकाे अशोक लेलैण्ड र ओम डेभलपमेन्ट बैंक लिमिटेडबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी र आईएमई मोटर्सका तर्फबाट उप प्रमुख इमरान ए. खानले हस्ताक्षर गर्नुभएको हाे ।
सम्झौता अनुसार आईएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले ओम डेभलपमेन्ट बैंकबाट ७० प्रतिशतसम्मको कर्जा सुविधा पाउने छन् । यसैगरी ओम डेभलपमेन्ट बैंकका ग्राहकहरुले अशोक लेलैण्डको विभिन्न प्रकारका गाडीहरुमा कर्जा सुविधा पाउने छन् ।
यी सुविधाले आउँदा दिनहरुमा ग्राहकहरुलाई कर्जा सुविधा पाउन निकै सजिलो हुने दुवै कम्पनीका प्रमुखहरुले बताउनु भएको छ । कर्जा सुविधाबाहेक दुवै कम्पनीले अन्य क्षेत्रमा पनि सहकार्य गर्दै अगाडि बढ्ने सहमति पनि गरेका छन् ।