बैंकिङ कसूरकाे आराेपमा बैंक अफ काठमाण्डाैका पूर्व सीईओसहित ११ जना पक्राउ

 असोज ५, २०७६ आइतबार १४:९:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - बैंकिङ कसुरको अभियोगमा बैंक अफ काठमाण्डौका पूर्व सीईओसहित ११ जना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले किर्ते कागज बनाएर साढे चार करोड रुपैयाँ हिनामिना गरेको आरोपमा उनीहरुलाई आइतबार पक्राउ गरेको हो । बैंक अफ काठमाण्डौका पूर्व सीईओ अजय श्रेष्ठ, ऋणी र बैंकका बहालवहाल कर्मचारीसहित ११ जनालाई पक्राउ गरेको र कसुरमा संलग्न अरुको अनुसन्धान भइरहेको एसपी बेलबहादुर पाण्डेले बताउनुभयो ।

खोलाको जग्गाको किर्ते कागजात बनाएर रकम हिनामिना गरेको आरोपमा उनीहरुलाई पक्रेको र हिरासातमा राखेर अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) बेलबहादुर पाण्डेले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया