अन्तर्राष्ट्रिय उसु आमन्त्रित प्रतियोगितामा नेपालले २ रजत र ४ का...
बैशाख १४, २०८१ शुक्रबार
संखुवासभा - संखुवासभाको चैनपुर नगरपालिका वडा नम्बर-२, का वडाध्यक्ष काजी शेर्पाको बिहीबार राति निधन भएको छ ।
झण्डै ८ महिना अगाडिदेखि क्यान्सरका बिरामी रहेका वडाध्यक्ष शेर्पाको बिहीबार मध्य राति आफ्नै निवासमा मृत्यु भएको हो । २०२५ फागुन १३ गते चैनपुर-२, मयुममा जन्मिएका शेर्पा शिक्षक पेशाबाट अवकास लिएर गएको स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट विजयी भएका हुन् ।
वडाध्यक्ष शेर्पाको मयुममा शुक्रबार दिउँसो अन्त्येष्टि गरिने कार्यक्रम रहेको चैनपुर नगरपालिकाका मेयर भरत खत्रीले जानकारी दिनुभयो ।